चितुवाको छालासहित दुई जना पक्राउ


२७ श्रावण २०७८, बुधबार
Chituwa Palpa 4.27 2078 Wk6A4JKbX6

पाल्पा, २७ साउन । प्रहरीले पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित कुसुम खोलाबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका घर भएका ४२ वर्षीय विष्णुबहादुर खत्री र ४० वर्षीय रविल मिया छन् ।

लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी हार्थोकबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरेको छ ।

मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु.३७ प ४४४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरुको साथमा चितुवाको छाला फेला परेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७