गुल्मीमा चट्याङ लागेर सात घाइते, दुई जना गम्भीर


२७ श्रावण २०७८, बुधबार
chatyang

गुल्मी, २७ साउन । गुल्मी चट्याङ लागेर सात जना घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका–४ स्थित दोहलीको पहिरोमा चट्याङ लागेर सात जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते हुनेमा ४२ वर्षीय रामबहादुर गन्धर्व र उनका छोरा १२ वर्षीय राहुल गन्धर्व छन् । दोहली ढाँडकी अन्दाजी १७ वर्षीया राधा खत्री, २३ गोमा खत्री र २४ शर्मिला खत्री पनि घाइते भएका छन् ।

सोहि ठाउँकै मालारानीकी २४ वर्षीया रुपा र ९ वर्षका किस्मत नेपाली पनि चट्याङ लागेर घाइते रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । वडाध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार चट्याङले सोहि वडाको मालारानीका नारायण बस्नेतका बाख्राहरू घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७