छोरी बलात्कारको आरोपमा बुबा र काका पक्राउ


२८ श्रावण २०७८, बिहीबार
Rapist1628696318

पर्वत, २८ साउन । उनको उमेर १६ वर्ष भयो । आमाको निधन भइसकेको छ । १६ वर्षीया ती किशोरीको संरक्षणको जिम्मा बाबुमा सरेको छ । तर, बाबुबाट अभिभावकत्व पाउनु त कता हो कता बरु दर्दनाक पीडा पाइरहेकी छन् । बाबु मात्रै होइन, ती किशोरीलाई काकाले पनि थप पीडा दिएका छन् ।

घटना पर्वतको हो । प्रहरीले पीडक र घटना भएको स्थान गोप्य राखेको छ । मातृत्व गुमाएकी ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनकै बाबु र काकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए ।

घटना दोहोरिएपछि डराएकी बालिका विभिन्न माध्यमबाट दुई महिनापछि प्रहरी सम्पर्कमा पुगेको बताइएको छ । उनका दाजुले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पीडितले प्रहरीलाई दिएको बयान अनुसार गत जेठ ७ गते बाबुले जबरजस्ती करणी गरेका थिए भने काकाले सोही महिनाको २३ गते जबरजस्ती करणी गरेका थिए । ‘घटना निकै दर्दनाक छ । गत जेठ र साउनमा गरेर पालैपालो बलात्कार गरेका रहेछन् । घरायसी अवस्था निकै नाजुक छ’, अधिकारीले भने । पीडकलाई जबरजस्ती करणी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७