६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


२८ श्रावण २०७८, बिहीबार
rain

काठमाडौं, २८ साउन । केहि समयदेखि अलि मत्थर भएको मनसुन नेपालमा फेरि सक्रिय बन्दै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण देशभर मनसुन पुनः सक्रिय बनेको मौसमविदले जानकारी दिएका छन् । जसका कारण देशका धेरै स्थानमा केही दिन भारी र अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज (बिहीबार) विहान देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश–१, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले थप सतर्कता अपनाउनु पर्ने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७