लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने


२८ श्रावण २०७८, बिहीबार
lumbini province h0HbvQQO5t 1 RiwJ0bJ78y

बुटवल, २८ साउन । विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेल साढे ३ वर्षे कार्यकालको सत्ताबाट बाहिरिएसँगै बन्ने सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले यस्तो जानकारी दिएका हुन् ।

उनले माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछि कांग्रेस संसदीय दलका नेताको हैसियतले आफूले सरकारको नेतृत्व गर्ने सहमति भएको बताए । उनले केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काललाई प्रत्येक दलबाट एक–एक जना मन्त्री हुने र विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार गरिने बताए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७