ओलीलाई बाबुराम भट्टराईको प्रश्न : चिची पनि पापा पनि खोज्न मिल्छ ?


२८ श्रावण २०७८, बिहीबार
Kp Oli Baburam Bhattarai

काठमाडौं, २८ साउन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसदीय प्रणाली अपनाउने एमालेले संसदीय अंक गणितका आधारमा सरकारहरु फेरिँदा भने रोइलो गरेको बताएका छन् । संसदीय अंक गणितका आधारमा केन्द्र र प्रदेशहरुमा धमाधम एमाले नेतृत्वका सरकारहरु ढलिरहेका छन् । जसलाई ओली पक्षीय एमालेले स्वाभाविक रुपमा लिएको छैन ।

एमाले नेतृत्वका सरकारहरु ढल्नुलाई एमाले अध्यक्ष केपी ओली र उनी पक्षीय नेताहरुले ‘जनादेशविरुद्ध परमादेश’ को रटान लगाइरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले त्यसप्रति आपत्ति जनाएका हुन् ।

‘ओली र ओली भक्तहरूले सबैतिर जनादेशविरूद्ध परमादेशको रटान गरेको सुनियो,’ नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिंदा प्रम फेरिनु स्वाभाविक हैन र ? त्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाऊँ न त ! त्यो चाहिं नमान्ने रे ! चिची पनि पापा पनि खोज्न मिल्छ ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७