अफगानिस्तानमा विद्रोही तालिवानले जेल तोडेर बन्दीहरु भगाए


२८ श्रावण २०७८, बिहीबार
119895213 e4107cff 2ff5 4493 a0b3 43889a4de48c

काठमाडौं, २८ साउन । देशका प्रान्तीय राजधानीहरु कब्जा गर्दै अघि बढेको अफगानिस्तानको विद्रोही समूहले गए राति कन्दाहारस्थित जेल तोडेर आफ्नो संगठनका राजनीतिक बन्दीहरुलाई मुक्त गरेको छ ।

यसअघि पनि बारम्बार उक्त जेलमा आक्रमण गर्ने कोशिस गर्दै आएका तालिवान लडाकुले बुधबार राती कान्दाहार जेल तोड्न सफल भएका हुन । उक्त जेलमा तालिवानका महत्वपूर्ण नेता तथा लडाकुहरु राखिएकाले जेल विद्रोहीको निशानमा थियो । जेलबाट कति जनालाई भगाइयो भन्ने उल्लेख नगरिए पनि तालिवानले जेल ब्रेकको भिडियो सार्वजनिक गरेका छन् ।

यसैबीच, अफगान राष्ट्रपति असरफ गनीले राष्ट्रिय सेनाका प्रधान सेनापति वाली अहमदजानीलाई बर्खास्त गरेर नयाँ प्रधानसेनापतिमा हिबातुल्लाह अलिजाईलाई नियुक्त गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन । देशको झण्डै दुई तिहाई भू–भागमा कब्जा जमाईसकेको विश्वास गरिएको तालिवान समूह तीब्र गतिमा राजधानी काबुलतर्फ अघि बढेको पनि समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७