घर छेउमै शौच जाँदा हात्तीको आक्रमणमा परी मृत्यु


२८ श्रावण २०७८, बिहीबार
elephant 1
सांकेतिक तस्वीर

सुनसरी, २८ साउन । सुनसरीको कोशी गाउँपालिका–४ मा जङ्गली हात्तीको आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेको खत्वे टोलका उनको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो ।

विहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर ज्यान लिएको हो । सुनसरी प्रहरीका अनुसार मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७