अफगानिस्तानको ३४ मध्ये ९ प्रान्तीय राजधानी तालिबानको कब्जामा, सेना प्रमुख बर्खास्त


२८ श्रावण २०७८, बिहीबार
taliban

काठमाडौं, २८ साउन । विद्रोही समूह तालिबानले अफगानिस्तानका प्रान्तीय राजधानीमा श्रृङ्खलाबद्ध रूपमा कब्जा जमाउन थालेपछि सेना प्रमुख बर्खास्त भएका छन् ।

अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । त्यहाँको रक्षा मन्त्रालयका अनुसार तालिबानको गतिविधि बढ्दै गए पछि सेना प्रमुख वलीलाई हटाएर हिबतुल्लाह अलिजइलाई ल्याइएको छ ।

Wali Mohammad AhmadzaiAfghanistan Army Chief
सेना प्रमुख वली मोहम्मद अहमदजाइ

नव नियुक्त सैन्य प्रमुखलाई देशभर बढेको हिंसा र तालिबानका गतिविधिलाई परास्त गर्नु पर्ने चुनौती रहेको छ । २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । तालिबानले अहिलेसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।

तालिबानले कान्दाहारलाई पनि कब्जा गर्ने प्रयास गरिरहेको छ । अहिले त्यहाँ भीषण सङ्घर्ष भइरहेको बीबीसीले जनाएको छ । युद्धका कारण कान्दाहारका ३० हजार परिवार विस्थापित भएका छन् । अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफ पनि आक्रमणको चपेटामा परेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण गएको महिनामा मात्र अफगानिस्तानमा एक हजार जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७