ठगी आरोपमा शिल्पा र उनकी आमासँग सोधपुछ


२८ श्रावण २०७८, बिहीबार
shilpa nd momy11628750377

मुम्बई, २८ साउन । आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगीको मुद्दामा बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको नाम मुछिएको छ ।

लखनउ प्रहरीले शिल्पा र उनकी आमालाई पक्राउ गरेको छ भने मुम्बई प्रहरी सोधपुछका लागि उनीहरूको घर पुगेको छ । भारतीय मिडियाका अनुसार शिल्पा र उनकी आमाको नाममा दुईवटा एफआईआर दर्ता गरिएको छ । शिल्पा र उनकी आमाले यसको शाखा खोल्ने नाममा दुईजनासँग करोडौँ रुपैया लिए, तर शाखा खोलेनन् ।

उक्त कम्पनीका अध्यक्ष किरण बावाले भने इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै शिल्पा र उनकी आमाको यसमा कुनै हात नरहेको बताएकी छन् । उनका अनुसार शिल्पा र सुनन्दा धेरै समयअघि नै यो कम्पनीबाट छुट्टिएका थिए । यो कम्पनी आफ्नो सन्तानजस्तो भएको भन्दै उनले यसबारे भ्रामक समाचारहरू नफैलाउन आग्रह गरेकी छन् ।

पति राज कुन्द्रालाई अश्लील भिडियो निर्माण र प्रसारणमा गएको जुलाई १९ तारिखमा पक्राउ गरिएदेखि अभिनेत्री शिल्पा पनि कुनै न कुनै विवादमा फसिरहेका छन् । नव भारत टाइम्सबाट ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७