बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२८ श्रावण २०७८, बिहीबार
gold

काठमाडौं, २८ साउन । नेपाली बजारमा केहि दिनदेखि ओरालो लागिरहेको सुनको भाउ आज (बिहीबार) भने उकालो चढेको छ । बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७