सुरुङभित्र ढुङ्गा खस्दा इन्जिनियर गम्भीर घाइते


२८ श्रावण २०७८, बिहीबार
surung सुरुङ इञ्जिनीयरिङ

संखुवासभा, २८ साउन । संखुवासभाको मकालु गाउँपालिका–५, ड्यामसाइड फ्याक्सिन्दामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र ढुङ्ग खस्दा एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इन्जिनियर ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख योगराज खतिवडाले जानकारी दिए ।

उनको टाउको गम्भीर चोट लागेको र जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । आयोजनामा भारतीय र नेपाली तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७