काठमाडौंका पाँच ठाउँबाट आजदेखि परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप


२८ श्रावण २०७८, बिहीबार
khop 1

काठमाडौं, २८ साउन । विश्व विद्यालयको परीक्षामा सहभागी हुने काठमाडौंका परीक्षार्थीहरूलाई आज (बिहीबार) देखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले पाँच वटा केन्द्र तोकेर अस्ट्राजेनिका खोप दिन लागेको हो ।

परीक्षार्थीलाई खोप लगाउनका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, छाउनीस्थित नेपाली सेनाको अस्पताल, महाराजगन्जस्थित नेपाल प्रहरीको अस्पताल, मीनभवनस्थित निजामती अस्पताल र सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई खोप केन्द्र तोकिएको छ । उनीहरुलाई प्रवेशपत्र हेरेर यही साउन ३० गतेसम्म खोप दिइने कार्यालय प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७