माओवादी सांसद महतको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

‘अघिल्लो सरकारले हनुमान मात्र देख्यो, अहिलेकोले कुलमान’


२८ श्रावण २०७८, बिहीबार
gajendra mahat 7kP1uOMOlg

काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारले कुलमान घिसिङ बाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गरेका छन् ।

उनले केपी ओली नेतृत्वको अघिल्लो सरकारले ‘हनुमान’ मात्र देखेको र अहिलेको सरकारले कुलमान मात्र देखेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा उनले कुलमान बाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गरेका छन् ।

‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमान बाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले भने । सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन उनले आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७