‘ओलीले फिर्ता ल्याउन नसकेको लिम्पियाधुरा–लिपुलेकसहितको भूमि देउवाले ल्याउन’


२८ श्रावण २०७८, बिहीबार
anita devkota sansad rastriya sava

काठमाडौं, २८ साउन । राष्ट्रियसभाको आज (बिहीबार) को बैठकमा सांसदहरुले भारतले मिचेको भूमि फिर्ताका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले मिचिएको भूमि फिर्ताका लागि देउवा सरकारको सक्रियता अपेक्षा गरेका हुन् ।

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नेपाली कांग्रेसको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमि फिर्ता गर्न माग गरेकी छन् । राष्ट्रिय सभाको शून्य समयमा बिहीवार बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमिबारे कुटनीतिक पहल नगरेकाले फिर्ता हुन नसकेको बताइन् ।

उनले ओली फिर्ता गर्न नसकेको भारतले मिचेको भूमि देउवा नेतृत्वको सरकारले फिर्ता गर्नुपर्ने बताएकी हुन् । ‘लिम्पयाधुरा, लिपुलेक, कालापानीसहित जारी गरेको नेपालको नक्सा पारित त गर्‍यौं’, उनले भनिन्, ‘तर विगतको सरकारले कुटनीति पहल नगरेका कारण भूमि फिर्ता हुन सकेन । नेपाली कांग्रेसको सरकारले त्यो जमीन फिर्ता ल्याउने पहल गरोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७