३,२६० जनामा कोरोना संक्रमण, २,२९४ जना निको, ३२ को मृत्यु


२८ श्रावण २०७८, बिहीबार
korona

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २,२९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।

संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ । हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७