जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


२८ श्रावण २०७८, बिहीबार
jitendra shukla zNhawtBNiD

रुपन्देही, २८ साउन । स्थानीय एक महिलालाई जब्बरजस्ती करणी गरेको आरोपमा रुपन्देहीको एक गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् ।

रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो । महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७