२०७८ साउन २९ गते शुक्रबारको तपाईको राशिफल

साध्य बलव हस्त , नाग पञ्चमी व्रत / कल्की जयन्ती


२९ श्रावण २०७८, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज फजुल खर्चले चिन्ता बढाउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउनेछ, तर मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । घर जग्गाको कारोबारमा सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको जागिरमा पद र प्रतिष्ठा बढ्ने छ । रोकिएका काम पुनः सुरु पनि हुन सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ । मङ्गल कार्यको योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७