इटलीमा अहिलेसम्मकै चर्को गर्मी, तापक्रम पुग्यो ४८.८ डिग्री


२९ श्रावण २०७८, शुक्रबार
italy hot
Foto Alberto Lo Bianco/LaPresse11-08-2021 Palermo, ItaliaCronaca Dalle fontane della Vucciria alle spiagge di Mondello, turisti e cittadini hanno cercato un po’ di refrigerio a Palermo, dove oggi le temperature erano altissime.nella foto: la spiaggia di Mondello piena di bagnanti Photo Alberto Lo Bianco/LaPresseAugust 11, 2021 Palermo, ItalyNewsSouthern Italy sizzles in temperatures up to 45C as heatwave continues

काठमाडौं, २९ साउन । इटलीको सिसली द्वीपमा बुधवार तापक्रम ४८.८ डिग्री सेल्सियससम्म पुगेको छ । जसलाई युरोपमा अहिलेसम्मकै सबैभन्दा तातो दिन भन्न थालिएको छ ।

युरोपको सबैभन्दा गर्मी दिनका रुपमा बुधबारलाई विश्व मौसम संस्थानले पुष्टि गर्न बाँकी छ । संस्थानका अनुसार अहिलेसम्म युरोपमा सबैभन्दा चर्को तापक्रमको रेकर्ड ४८ डिग्री सेल्सियस छ । जुन ग्रीसको राजधानी एथेन्समा सन् १९७७ मा रेकर्ड भएको थियो ।
इटलीमा अहिले सबैभन्दा चर्को गर्मीको कारण लुसिफर नामक एक प्रतिचक्रवात (ऐन्टीसाइक्लोन) हो । यो प्रतिक्रावत अहिले अफ्रिकाबाट चलिरहेको छ ।

italy hot weaterh RICz7M2ESO

लुसिफर अझै माथि जाने अनुमान छ । यसका कारण इटलीका कयौँ शहरमा तापक्रम अझै बढ्ने छ । जसमा राजधानी रोम पनि सामेल छ । इटलीको स्वास्थ्य मन्त्रालयले देशका कयौँ इलामा रेड एलर्ट नै जारी गरेको छ । यस गर्मीका कारण इटलीका कयौँ भागका जंगलमा आगो समेत लागेको छ । अहिलेसम्म यी घटनामा कम्तीमा तीन मानिसले ज्यान गुमाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७