रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत


२९ श्रावण २०७८, शुक्रबार
Rail Train

काठमाडौं, २९ साउन । कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ ।

बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो कम्पनी सम्झौताबाट बाहिरिने संकेत पनि दिएको हो । पाँच महिनाअघि मे २१, २०२१ मा रेलवे कम्पनी र भारतीय रेल्वे कम्पनीबीच जयनगर–कुर्थामा रेल सञ्चालनको सम्झौता भएको थियो । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७