महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद


२९ श्रावण २०७८, शुक्रबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, २९ साउन । कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने भनिएको थियो । तर, महाधिवेशन सार्न संवैधानिक अप्ठ्यारो फुकाउने विधि भने तय भइसकेको छैन ।

पाँचौ पटक निर्धारित मिति भदौ १६–१९ मा पनि कांग्रेसले महाधिवेशन गर्न नसक्ने अवस्था देखिएको छ । एक वर्षअघि नै १४ औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा नयाँ मिति तोक्दै सारिँदै आएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७