राप्ती नदीको भेलले बगाएकी महिलाको आठ किलोमिटर तलबाट सकुशल उद्धार


२९ श्रावण २०७८, शुक्रबार
rapti bhel GIDlILr7rc

दाङ, २९ साउन । देउखुरीमा राप्ती नदीको भेलले बगाएकी एक महिलाको आठ किलोमिटर तलबाट सकुशल उद्धार गरिएको छ ।
दाङ देउखुरीको गढवा गाउँपालिका–३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गए राति राप्ती नदीबाट उद्धार गरेको हो ।

बिहीबार दिउँसो गोबरडिहको राप्ती घाटमा दाउरा निकाल्ने क्रममा चौधरीलाई नदीको भेलले बगाएको हो । टेकरानीले नदीको वेग तीव्र भएका कारण निस्कन नसकेको र पानीको वहाब भएतिरै बग्दै गएको बताइन् । ‘झण्डै आठ किलोमिटर बगेपछि पानीको छालले किनारा लगायो । तर आफू कहाँ पुगेको पत्तो पाइनँ । राप्तीको टापुमा खर समोतर अडिएँ । पानीबाट बाहिए निस्किएँ । चारैतिर हेरें, अनि गुहार मागें’ उनले भनिन् ।

rapti HzbG4DCHDK

राप्ती वारि लमही नगरपालिका–४ को बुटकहावा गाउँका स्थानीय तरकारी टिप्न लागेका थिए । उनीहरुले टेकरानीले गुहार मागेको सुनेर प्रहरीलाई खबर गरे । राप्ती नदीमा मान्छे फसेको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरीक्षक पुराण मल्ल, विष्णु केसीलगायतको टोली घटनास्थल पुगेको थियो ।

झण्डै ४ घण्टा राप्ती नदीको बीच टापुमा फसेकी टेकरानी कराएको सुनेर वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक विष्णु केसी र प्रहरी जवान प्रकाश चौधरी नदीमा हामफालेका थिए । सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल नपुग्दासम्म टेकरानी भएको ठाउँमा पुगेर उनलाई सान्त्वना दिइएको प्रहरी नायब निरीक्षक केसीले बताएका छन् । अहिले टेकरानीको लमही अस्पतालमा प्राथमिक उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७