अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार कब्जा गरेको तालिबानको दाबी


२९ श्रावण २०७८, शुक्रबार
taliban 2

काठमाडौं, २९ साउन । विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ ।

कुनै समय तालिबानको गढ मानिएको यो शहर व्यापारको हब रहेका कारण रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । बिहीबार अफगानिस्तानले थप सहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ । यहीबीच आफ्ना कर्मचारीहरूलाई राजदूतावासबाट फिर्ता बोलाउन अमेरिकाले थप ३ हजार सेनालाई पुनः अफगानिस्तान पठाउने भएको छ । विशेष विमानबाट दूतावासका कर्मचारीहरूलाई उद्धार गर्न थप सेना पठाउन लागेको अमेरिकाले जनाएको छ ।

त्यस्तै बेलायतले पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन ६ सय सैनिक पठाउने बताएको छ । अमेरिकाले आफ्नो २० वर्ष लामो अपरेसन समाप्त गर्दै सेना फिर्ता बोलाएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो प्रभुत्व जमाउन शुरु गरेको छ । बिहीबार तालिबानले हेरात, घाजनी र क्वाला–इ–न शहरमा समेत कब्जा जमाएको छ ।

‘हामीले कान्दाहार शहर पूर्णरुपमा कब्जा गरेका छौं’, तालिबानका प्रवक्ताले बताएका छन् । तर, यसको पुष्टि भने हुन बाँकी रहेको छ । स्रोतका अनुसार दक्षिणी हेलमान्द प्रान्तको लश्कर गाह पनि विद्रोहीको कब्जामा पुगेको बताइएको छ । यसको पनि पुष्टि हुन बाँकी रहेको छ ।
तालिबानले अहिले उत्तरी अफगानिस्तानको अधिकांश क्षेत्रमा कब्जा जमाइसकेको छ । देशको एक तिहाइ भाग तालिबानको नियन्त्रणमा पुगिसकेको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७