कैलालीमा ट्रक दुर्घटना, चालकको गयो ज्यान, सहचालक घाइते


२९ श्रावण २०७८, शुक्रबार
accident in river

कैलाली, २९ साउन । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन् । उनी ट्रकका सहचालक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७