आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


२९ श्रावण २०७८, शुक्रबार
badhi 1

काठमाडौं, २९ साउन । नेपालमा फेरि मनसुन सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक परेका कारण पुनः वर्षा सक्रिय भएको मौसमविदले जनाएका छन् ।

आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पाँच प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । विभिन्न प्रदेशमा पानी पर्दा आज केही नदीमा जल सतह बढ्ने सक्ने जनाइएको छ । कोशी, नारायणी र यिनका सहायक नदीहरुमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने छ भने कमला, वागमती, तिनाउ, पश्चिम राप्ती, बबई, भेरीलगायतमा बहाव उल्लेख्य बढ्ने विभागले बताएको छ । केही नदीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन विभागको आग्रह छ ।

आज प्रदेश–१ को इलाम, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, धनकुटा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र ओखलढुङ्गा तथा प्रदेश–२ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक भएर बग्ने नदी तथा खोलामा पानीको वहाब बढ्ने छ ।

गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर तथा लुम्बिनी प्रदेशका नवलपरासी, पाल्पा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङ रोल्पा, बाँके, बर्दिया तथा कर्णाली प्रदेशको सुर्खेत सल्यान, दैलेख, कालिकोट, जाजरकोट र सुदूरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ आसपास भई बग्ने नदी तथा खोलामा बहाव बढ्ने र केहीमा आकस्मिक रूपमा बाढी समेत आउने भएकाले सतर्कता अपाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७