अमेरिकाले थप तीन हजार सेना अफगानिस्तानमा पठाउँदै


२९ श्रावण २०७८, शुक्रबार
a 1

काठमाडौं, २९ साउन । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो दूतावासमा कार्यरत केही कर्मचारीहरुलाई त्यहाँबाट फर्काउने भएको छ । ती कर्मचारीहरुलाई सहयोग गर्न उसले ३ हजार सेनाको टुकुडी अफगानिस्तान पठाउने भएको हो ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले कर्मचारीहरुलाई योजनावद्ध रुपमा हटाउन लागिएको बताए । यसका बाबजुद दूतावास भने खुलै रहने उनले बताए । काबुलमा सुरक्षा अवस्था खराब हुँदै गएकाले दूतावासका कर्मचारीहरुको संख्या घटाउन लागिएको उनले बताए ।
पेन्टागनका प्रवक्ता जोन किर्बिले दूतावासका कर्मचारी फर्काउन तथा अफगान–अमेरिका स्पेशल इम्मिग्रेन्ट भिसा (एसआईभी) निवेदकहरुलाई सुरक्षा प्रदान गर्न ३ हजार सेना पठाउन लागिएको पुष्टि गरे ।

यी सैनिकहरु अफगानिस्तानमा लामो समय नबस्ने उनले बताएका छन् । ‘यो साँघुरो फोकससहितको अस्थायी मिसन हो,’ उनले भने । यद्यपि, आफूमाथि आक्रमण भएमा अमेरिकी सेनाले पनि जवाफ फर्काउने चेतावनी उनले दिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७