लुम्बिनीमा मन्त्री बनेका अजय शाहीलाई एमालेले माग्यो स्पष्टीकरण, अन्यथा कारवाही


२९ श्रावण २०७८, शुक्रबार
Ajaya Shahi Lumbini

बुटवल, २९ साउन । लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी चार दलीय गठबन्धनलाई सहयोग गरेको भन्दै नेकपा एमालेले नवलपरासीका सांसद अजय शाहीलाई स्पष्टीकरण मागेको छ ।

लुम्बिनी प्रदेश सभामा एमाले सचेतक भूमिश्वर ढकालले पत्र लेखेर सांसद शाहीलाई ३ दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनेका हुन् । अन्यथा कारबाही गर्ने चेतावनी दिइएको छ ।

शाहीलाई गठबन्धनको प्रदेश सरकारले बिना विभागीय मन्त्री बनाएको छ । शाहीले नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिह्न लिएर चुनाव जितेका हुन् ।
हेर्नुहोस् पत्र

lumbini letter 8RY3zKddlC

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७