हाडनाता करणी आरोपमा किशोर पक्राउ


२९ श्रावण २०७८, शुक्रबार
Rape
सांकेतिक तस्वीर

दाङ, २९ साउन । हाडनाता करणी आरोपमा तुलसीपुर प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम दाङको शान्तिनगर गाउँपलिका घर भएका किशोर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

किशोरले गएको असार ७ गते दिउँसो १२ बजे ९ बर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । बालबालिकाको संवेदनशीलतालाई ख्याल राखेर प्रहरीले आरोपीको नाम गोप्य राखेको छ । स्थानीय प्रहरीले ती किशोरलाई पक्राउ गरेर बिहीबार ईलाका प्रहरीमा बुझाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७