अफ्ताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा


२९ श्रावण २०७८, शुक्रबार
aalam 1
फाइल फोटो

काठमाडौं, २९ साउन । मजदुरलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगका कारागारमा रहेका कांग्रेस नेता मोहम्मद अफ्ताव आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम बिस्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको आरोप आलममथि छ । उनलाई बिस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।

जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा गएका आलमको मुद्दामा आज सुनुवाईका लागि पेशी चढेको थियो । यसअघि पटक–पटक सो मुद्दा सुनवाईमा चढेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७