रेडपाण्डाको छालासहित ३ जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार
pakrau 1 1

कपिलवस्तु, २९ साउन । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका–५ बस्ने २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशी रहेका छन् ।

उक्त लजमा रेडपाण्डाको छाला कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले होटेल तलासी गर्ने क्रममा उक्त छाला र पुछर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७