सांसद रेणुका गुरुङ प्रश्न,‘बेलायतले मानवअधिकारको पालना गर्नुपर्देन् ?’ {भिडियाे}


२९ श्रावण २०७८, शुक्रबार
renuka gurung

काठमाडौं, २८ साउन । जनता समाजवादी पार्टीका सांसद रेणुका गुरुङले गोरखा सैनिक माथिको विभेदकाे सरकारलाई ध्नाकर्षण गराएकी छिन् । बिहिबारको बसेको प्रतिनिधि सभाको बैठकमा उनले गोर्खाहरु माथि निरन्तर बेलायतले भुपु गोर्खा सैनिक माथि विभेद गरिरहेको भन्दै कि बेलायतले मानवअधिकारको पालना गर्नु नपर्ने भनेर प्रश्न गरेकी हुन् ।
उनले भनिन्,‘ गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार भर्ती भएका हुन् । आफनो साम्राज्य जमान अन्य देशमा खटाउने अनि बेलायत नै नटेकेको भनेर बेलायतले बेलायती समकक्षी सेना सरह तलव पेन्सन दिन भन्न मिल्छ । त्रिपक्षीय सन्धि विपरित होइन ? कि बेलायतले संयुक्त राष्ट्र संघको बडापत्र, मानवअधिकार, आइलो महासन्धि पालना गर्नुपर्देन ?’
उनले गोर्खाहरुले बेलायतमा गरिरहेको आमरण अनशन बेलायत सरकार र नेपाल सरकारको लागि पनि राम्रो नभएको बताउँदै भुपु गोर्खाहरुको समस्या समाधन हुनुपर्ने बताइन् ।
समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्री कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका छन् ।

भिडियाे

https://youtu.be/behUXtcjPoo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७