माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


२९ श्रावण २०७८, शुक्रबार
Mao

काठमाडौं, २९ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । माओवादी केन्द्रले भोलि (शनिबार) का लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

यसअघि साउन २० गतेका लागि बोलाइएको बैठक शनिबारका लागि सारिएको थियो । मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा केन्द्रित हुनुपर्ने भन्दै बैठक सारिएको थियो । तर, मन्त्रिपरिषद् भने बिस्तार हुन सकेको छैन । सत्तारुढ माओवादी केन्द्रले थप मन्त्रीको नाम नदिंदा कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७