काठको साँघुबाट नदीमा खसेर दुई जना बेपत्ता


२९ श्रावण २०७८, शुक्रबार
Dubera bepatta
सांकेतिक तस्विर

हुम्ला, २९ साउन । काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ ।
उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुटी संकलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिइन् ।

हराइ रहेकाहरुको खोजी जारी रहेको उनले बताइन् । जडीबुटी संकलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ ।
हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७