२० लाख जरिवाना ठहर भएपछि फरार महिला पक्राउ


२९ श्रावण २०७८, शुक्रबार
khadki PrXeuA6q4U

काठमाडौं, २९ साउन । बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने वर्ष ४८ की प्रेम कुमारी खड्गी रहेकी छिन् ।

खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेर वालालाई झुक्यानमा पारी एनएमबी बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको प्रहरीले जनाएको छ । उनलाई उच्च अदालत पाटनबाट गत २०७६ जेठ २१ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र २० जरिबाना ठहर भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई सोहृखुट्टेबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७