सार्वजनिक हुनु पूर्व मौद्रिक नीति ‘लिक’ राष्ट्र बैंकमा ‘हल्लीखल्ली’


२९ श्रावण २०७८, शुक्रबार
bank 1

काठमाडौं, २९ साउन । आर्थिक वर्ष २०७८ / ०७९ को मौद्रिक नीति सार्वजनिक हुनु पूर्व नै ‘लिक’ भएपछि राष्ट्र बैंकमा ‘हल्लीखल्ली’ भएको छ । आज (शुक्रबार) बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले अनुमोदन गरेको मौद्रिक नीति आजै अपराह्न सवा ४ बजे सार्वजनिक गर्ने कार्यतालिका रहेको थियो ।

तर, उक्त मौद्रिक नीति सार्वजनिक हुनपूर्व नै तथ्याङ्कसहित सञ्चार माध्यममा समाचार बनेपछि राष्ट्र बैंकमा हलचल भएको हो । ‘सञ्चार माध्यममा तथ्याङ्कसहित समाचार आएको छ’, राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘जोबाट भए पनि ठूलो त्रुटि भयो, यसले राम्रो सन्देश दिएन ।’

राष्ट्र बैंकले समाचार एजेन्सीलाई मौद्रिक नीति सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारणको अनुमति दिएको विषयमा पनि अहिले आलोचना भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७