प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता


२९ श्रावण २०७८, शुक्रबार
army chief sharma

काठमाडौं, २९ साउन । कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार जंगी अड्डामा कामु प्रधानसेनापति शर्मा र राजदूत क्वात्राबीच भेटवार्ता भएको जंगी अड्डाले जनाएको छ । त्यस अवसरमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७