कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामुहिक राजीनामा


२९ श्रावण २०७८, शुक्रबार
congress

काठमाडौं, २९ साउन । सत्तारुढ नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले आज (शुक्रबार) सामुहिक राजीनामा दिएका छन् ।
कांग्रेसको विधानमा रहेको व्यवस्थामा असन्तुष्ट उनीहरूले लिखित रुपमा सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यलाई मात्रै महाधिवेशन प्रतिनिधिका लागि बुथमा गएर चुनाव लड्ने नियम राखिएकामा आपत्ति जनाएका थिए ।

आफूहरुमाथि पार्टीबाट अन्याय भएकाले राजीनामा दिएको एक आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ ‘विश्व’ ले बताए । ‘पदाधिकारी र केन्द्रीय सदस्यहरु चाहिँ सिधै महाधिवेशनमा जान पाउने तर आमन्त्रितले बुथमा गएर लड्नु पर्ने गरी बनाएको नियमले अन्याय भएको छ’, उनले भने, ‘१४ औं महाधिवेशनमा हाम्रो भूमिका केही नदेखिने भएपछि राजीनामा दिएका हौं ।’

उनीहरुले बुथमा गएर सबै जनाले चुनाव लड्नुपर्ने अडान लिएका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु सबैले बुथमै गएर चुनाव लड्ने नियम आवश्यक रहेको उनीहरुको मत थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७