२०७८ साउन ३० गते शनिबारको तपाईको राशिफल


३० श्रावण २०७८, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन् । कृषि क्षेत्रमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन, तर आर्थिक लाभ भने मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आफन्तसँग भेटघाट पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ । दैनिक कामकाजमा असर पर्नसक्छ, तर ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्न सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७