जबरजस्ती करणीका अभियुक्त प्रहरीको गाडीबाटै भागे


३० श्रावण २०७८, शनिबार
pakrau
सांकेतिक तस्वीर

काठमाडौं, ३० साउन । जबरजस्ती करणीका एक आरोपी प्रहरीको गाडीबाटै फरार भएका छन् । काठमाडौंको न्युरोडबाट जबरजस्ती करणीका एक थुनुवा फरार भएका हुन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका निर्मल परियार प्रहरी अस्पताल महाराजगञ्जबाट पीसीआर परीक्षण गरेर फर्किने क्रममा शुक्रबार दिउँसाे न्यूरोडबाट भागेका डिएसपी दिलबहादुर मल्लले जानकारी दिए । पीसीआर गराएर प्रहरीको गाडीमा फर्कंदै गर्दा उनी फरार भएका हुन् । अन्य थुनुवासहित परियारलाई जनसेवाको हिरासतमा लगिएको थियो । त्यसरी लैजाँदा उनलाई हतकडी समेत नलगाएको पाइएको छ ।

न्यूरोडमा सवारी जाम भएको मौकामा उनी भागेको मल्लले बताए । ‘यो घटनामा प्रहरीबाट कमी कमजोरी भएको पाइएको छ । परियारलाई किन हतकडी लगाइएन हामी अनुसन्धान गरिरहेका छौं ।’ थुनुवालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल वा म्याद थपका लागि अदालत लैजाँदा हत्कडी लगाउने गरिन्छ । तर, परियारलाई भने हत्कडी बिनै अस्पताल लगिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७