भक्तपुरको पुल हाउसबाट दुई लाखसहित १० जुवाडे पक्राउ


३० श्रावण २०७८, शनिबार
pakrau
फाइल फोटो

भक्तपुर, ३० साउन । प्रहरीले भक्तपुर नगरपालिका–५ भेलुखेलको एक पुल हाउसबाट झण्डै दुई लाख रुपैयाँ नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । सुजित देउलाले सञ्चालन गरेको एनएस सोनकेयर्स पुल हाउसमा जुवा खेल्ने स्थानीय उत्तम देउलासहित १० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए ।

नगद धनमालको बाजी राखि हारजित हुने गरी पुल (जुवा) खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पुल हाउसका सञ्चालक सोही ठाउँका सुजित देउला, सरज देउला, उत्तम देउला, सुनिल देउला, पूर्ण भगत, शंकर पोडे, बासुलाल पोडे, विक्रम अवाले, सूर्यविनायकका धिरेन कुरुन्जु र काभ्रेका दिनेश लामा छन् ।

उनीहरुको साथबाट प्रहरीले एक लाख ८९ हजार आठ सय ५० रुपैयाँ नगदसहितका सामग्री समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७