काम गरिरहेका बेला पहिरोले पुर्दा गयो ज्यान


३० श्रावण २०७८, शनिबार
pahiro damauli scaled

अर्घाखाँची, ३० साउन । पहिरोमा पुरिएर अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानमा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पाणिनी–६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनारको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा माथिबाट पहिरो आएर मानबहादुरलाई पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

स्थानीय बासिन्दाका अनुसार पहिरो खस्दा उनी एक्लै काम गरिरहेका थिए । स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाएपछि शुक्रबार राति ९ः१५ बजे मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७