अफगानिस्तानबाट आफ्ना कर्मचारीको सेनाले धमाधम उद्धार गर्दै पश्चिमा मुलुक


३० श्रावण २०७८, शनिबार
afgani talibani 1

काठमाडौं, ३० साउन । अफगानिस्तानमा तालिवान विद्रोही तीव्र गतिमा राजधानी काबुलतर्फ बढेपछि त्यहाँस्थित विदेशी कूटनीतिक नियोगहरु हतास मनस्थितिमा पुगेका छन् ।

शुक्रबार विद्रोहीहरुले राजधानीबाट ८० किलोमिटर पर रहेको लोघार प्रान्तको राजधानी पुल–ए–अलाम कब्जा गरेपछि कूटनीतिक नियोगहरु काबुल छाड्ने हतारोमा लागेका हुन । अमेरिकाले आफ्ना कर्मचारीहरुको उद्धारका लागि सेनाको पहिलो खेप अफगानिस्तान पठाईरहेको छ भने अन्य पश्चिमा मुलुकहरुले पनि आफ्ना कर्मचारीहरुलाई त्यहाँबाट निकाल्ने प्रक्रिया शुरु गरिसकेका छन् ।

काबुलस्थित राष्ट्रसंघीय नियोगका प्रमुखले परिस्थिति निकै तीव्र गतिमा परिवर्तन भईरहेको र नियन्त्रण बाहिर गईरहेको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले अफगानिस्तानको अवस्थाको सुक्ष्म निगरानी गरिरहेको भन्दै तत्कालै काबुलमा विद्रोहीले कब्जा जमाउने सम्भावनालाई भने अस्वीकार गरेका छन् ।

तर एक महिनाभित्र राजधानी काबुल विद्रोहीको कब्जामा पुग्नेमा भने उनी पनि सहमत देखिएका छन् । अमेरिकाले आफ्ना कर्मचारी र नागरिकहरुको सुरक्षा र उद्धारका लागि यसै साताको अन्त्यसम्म ३ हजार फौजा त्यहाँ उतार्ने पनि पेन्टागनका प्रवक्ताले बताएका छन् । बेलायतले कूटनीतिक कर्मचारीको उद्धारका लागि ६ सय सेना पठाउँदै छ भने जर्मनी, डेनर्माक र नर्वेले पनि उद्धारको काम अघि बढाईसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७