घट्टेखोलाले बगाउँदा जुम्लामा एकै घरका तीन जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार
badhi 3

जुम्ला, ३० साउन । जुम्लामा बाढी पहिरोले बगाएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका–७ ताम्ती गाउँका तीन जनालाई बाढी–पहिरोले बगाएको हो ।

मृत्यु हुनेमा ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र १० वर्षका सन्देश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए । बिर्खे रावत जैसरीको जेठाजु हुन् भने सन्देश रावत जैसरीका छोरा हुन् । सेतक चिनी कोरेर पाटनबाट फर्किएको समयमा घर नजिकैको घट्टेखोला तर्ने क्रममा उनीहरुलाई एक्कासी माथिबाट आएको बाढीले बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘बाढी आएर पानी थुनिएको रहेछ । उनीहरु खोला तर्ने बेला थुनिएको बाढी फुट्ने बेला सँगसँगै भएपछि उनीहरुलाई बगाएको रहेछ । सेतक चिनी कोरेर उनीहरु २८ गते साँझ नै घर फर्किएका थिए ।

राति अबेरसम्म पनि घर नपुगेपछि घर परिवारले खोजी कार्य थालेका थिए । तर भेटाएनन् । शुक्रबार वडाध्यक्ष र टोप्ला प्रहरी चौकीबाट खटेको टोलीले बगाएको अवस्थामा भेटाएको थियो । यसअघि पहिरोमा परेको भनिएको भए पनि बाढी पहिरो एकैसाथ आएर बगाएको स्थानीय बताउँछन् । डिएसपी थापाले खोलाबाट मृतक तीनै जनाको शव निकाली सकिएको बताए । उनका अनुसार घटनास्थलमा प्रहरी गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७