खाँदबारीबाट अफिमसहित एक बृद्ध पक्राउ


३० श्रावण २०७८, शनिबार
afim chares aphim QqVoUHVdBV

संखुवासभा, ३० साउन । संखुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाईंलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए । प्रहरी टोलीले चापागाईंको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७