माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, यस्ता छन् एजेण्डा


३० श्रावण २०७८, शनिबार
PN moist centeral commette e1628924527727

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंमा चलिरहेको छ । दुई दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यस अघि बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदन पारित गरेको थियो ।

सो प्रतिवेदन पनि बैठकमा पेश हुने साथै पार्टीको सांगठनिक संचरना र राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्नेछ ।
शुक्रबारको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले तत्काल मन्त्रिमण्डल विस्तार हुने सम्भावना नरहेको बताएका थिए । नेता श्रेष्ठले वाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने र सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा गणतन्त्र र संविधानका लागि सबैभन्दा खतरा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट रहेको निष्कर्ष निकालिएको छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा नेपाली कांग्रेसलाई भने निकट साथीका रुपमा व्याख्या गरेका छन् ।

उनले एमाले बाहेक अरु राजनीतिक शक्तिसँग सहकार्य गरेर जान समस्या नहुने बताएका छन् । प्रचण्डले शुक्रबारको बैठकमा वाम–लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका थिए । उनले अबको केही महिना शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउन नेता कार्यकर्तालाई पनि निर्देशन दिए ।

आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा माओवादीले विधानमाथि पनि छलफल गर्ने एजेण्डा तय गरेको छ । आगामी मंसिरमा राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीको यो केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ ।
यो बैठकबाट दलको विधान र राजनीतिक प्रतिवेदन पारित गर्ने योजना प्रचण्डले बनाएका छन् । माओवादीले १ सय ८७ जना केन्द्रीय सदस्यहरुलाई मैदानमा पठाउने योजना बनाएको छ ।

यो बैठकबाट पार्टी विस्तार अभियान व्यापक बनाउने योजना छ । पार्टी संगठनलाई वडासम्म विस्तार गर्ने रणनीति पनि यो बैठकले बनाउने छ । त्यसका लागि प्रचण्डको संगठनात्मक कार्य विभाजनसहितको प्रतिवेदन पेश हुँदैछ । यही बैठकबाट सबै नेताहरुलाई कामको जिम्मेवारी दिएर तलसम्म पठाउन लागिएको छ । माओवादीले अब २१५ सदस्यीय केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७