प्रचण्डले अझै ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति छाडेका रहेनछन् : शंकर पोखरेल

‘देउवा प्रचण्डको मोहोरा बने’


३० श्रावण २०७८, शनिबार
shankar pokhrel 1

दाङ, ३० साउन । नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि जनयुद्धको नीति नछाडेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) दाङको घोराहीमा निर्मित शहीद नेत्रलाल अभागीको शालिक अनावरणका क्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘पुष्पकमल दाहाल प्रचण्ड अवसरवादको अर्को नाम रहेछ । प्रचण्डलाई आधार बनाएर चुनावी गठबन्धन र पार्टी एकता गरिएको हो’, उनले भने, ‘तर प्रचण्डले जनयुद्धको बेलाको ढाडमा टेकेर टाउकोमा हान्ने नीति छाडेका रहेन छन् । उनले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हान्न खोजे ।’

नेता पोखरेलले प्रचण्डमा रहेको अवसरवाद र महत्वाकांक्षाले नेपालको राजनीतिक अस्थिरतामा गएको पनि बताएका । ‘प्रचण्डकै कारण आज देश अस्थिरतामा गएको छ’, उनले भने, ‘शेरबहादुर देउवाजी प्रचण्डको कुण्ठाको मोहोरा बने ।’

उनले नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको पनि दाबी गरे । ‘नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको छ’, उनले भने, ‘एउटा ध्रुवमा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोतर्फ छ । जसले जनताको भर गरेर अघि बढ्छ। अर्को मोर्चा, जोसँग न सिद्धानन्त न बिचार छ न नीति छ । छ त कुण्ठा र अवसरवाद अनि प्रतिशोधको भावना ।’

उनले त्यही प्रतिशोधको भावना भएको झुण्ड अहिले सरकारमा रहेको भन्दै आरोप समेत लगाए । ‘राष्ट्रिय स्वाधीनता र विकासको बाटो हिँड्ने की जनताले देखाएको बाटो हिँड्ने या अध्यादेश र परमाशेदको बाटो हिँड्ने ?’, उनले प्रश्न गरे, ‘मुलुकलाई अस्थिरताको बाटो लैजान हिँड्दा समस्या हुन्छ । स्वार्थहरुको योजना अनुसार मुलुक अगाडि बढ्न सक्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७