पुस ११–१३ मा महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव


३० श्रावण २०७८, शनिबार
maoist center meeting 2 sXP1JQfp6d

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको महाधिवेशन आउँदो पुसमा गर्ने प्रस्ताव पेस भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो । केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ । मंसिर १५ मा साथै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका छन् ।

प्रचण्डको प्रस्ताव अनुसार सेल कमिटीदेखि राष्ट्रिय सम्मेलनसम्मको कार्यसूची यस्तो छ–

भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।

असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।

असोज २० गते वडा सम्मेलन

असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।

कात्तिक ३० गते जिल्ला सम्मेलन

मङ्सिर १५ गते प्रदेश सम्मेलन

पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७