बालिका भतिजी बलात्कारको आरोपमा पुरुष पक्राउ


३० श्रावण २०७८, शनिबार
Rape
सांकेतिक तस्वीर

गुल्मी, ३० साउन । गुल्मीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय निकृष्टराम परियार (नाम परिवर्तन) लाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । भतिजी नाता पर्ने ४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भुर्तुङ्ग प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । यो घटनाले नयाँ पुस्ता सामाजिक मूल्य मान्यताभन्दा बाहिर जान लागेको पुष्टि गरेको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७