गाईलाई पीठो बोकेर प्रदेशमन्त्री पुग्दा


३० श्रावण २०७८, शनिबार
cow farm
ufO{sf] ;/;kmfO /fdk’/, @( ;fpg M kfNkf /fdk’/ gu/kflnsf–$ l:yt ;bfjt{ a:g] ljgf]b >]i7sf] kmfd{df kflnPsf ufO{sf] ;/;kmfO{ ub}{ dlxnf . tl:a/ M ;’zLnf /]UdL÷/f;;

काठमाडौं, ३० साउन । असहाय गाईबाच्छा संरक्षण अभियानले वरिपरि फलामे तारले घेरिएको ठूलो चौरमा एक सय ५३ असहाय गाईबाच्छा जम्मा गरेर पालन पोषण गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको यो जग्गामा अभियानले सडकमा खुला छाडिएका गाईबाच्छालाई राखेको हो । आज वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल आफै एक बोरा पीठो बोकेर पुगे ।
विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइलगायत अभियानमा लागेका उत्तम पुडासैनीले सो अभियान सुरुआत गरेका थिए । सुरुमा त्रिभुवन विमानस्थलसँग जोडिएको वाग्मती नदी किनारको भागमा गाईबाच्छा जम्मा गरिएको थियो । विसं २०७६ चैतमा बन्दाबन्दी जारी गरिएका बेला सडकमा बेवारिसे गाईबाच्छाको संख्या बढ्न थाल्यो ।

तत्कालीन समयमा कोषले अभियानलाई गौशाला बनाउन चरन क्षेत्रसहित पुग्ने गरी एक सय रोपनी जग्गा मौखिक सहमतिका आधारमा उपलब्ध गरायो । त्यहाँ हाल सडकमा छोडेपछि दुर्घटनामा परेका, कुकुर लगायतले लखेटेर घाउ बनाएका, विभिन्न रोग लागेर सडकमै ढलेका गाईलाई संरक्षण गरिएको छ । गाई संरक्षण अभियानमा केही स्वयंसेवी निरन्तर रुपमा खटिँदै आएका छन् ।

विभिन्न उदारमना व्यक्तित्वले गर्नुभएको सहयोगले यो अभियान टिकेको छ । अभियानमा मन्त्री फुयाँलले आज बिहानै आफै गाईका लागि पीठो बोकेर पुगेका हुन् । संरक्षणस्थलमा केही बेर उनले श्रमदान पनि गरे । गौशाला परिसरको सो जग्गामा उनले पीपलको रूख समेत रोपेका छन् । गौशाला परिसरमा उनले राष्ट्रिय झण्डाको झण्डोत्तोलन पनि गरे ।

अभियानलाई उनले २०७५ साल जेठमै आधा महिनाको तलब दिएर सहयोग गरेका थिए । यसले असहाय गाईबाच्छा संरक्षणलाई बीज स्रोतको काम गरेको अभियानकर्मी पुडासैनी बताउँछन् । असहाय गाईबाच्छा संरक्षणका लागि वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट भौतिक पूर्वाधार निर्माण गर्ने गरी रु १० लाख बजेट विनियोजन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले पनि असहाय गाईबाच्छा संरक्षण अभियानका लागि रु २५ लाख बजेट विनियोजन गरिएकाले त्यसलाई व्यवस्थापन गरेर काम गर्न पनि उनले सुझाव दिए ।

आजै कागेश्वरी मनोहरा नगरपालिकाका कानुनी सल्लाहकार विदुर ढुङ्गानाले पनि रु सात हजार सहयोग गरेका छन् । पछिल्लो समय जन्मदिनमा असहाय गाईबाच्छालाई पीठो, दाना, घाँस वा नगद नै दिएर सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी पुडासैनीले सुनाए । यस्तो अभियानमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालसहित सयौं व्यक्तित्व सहभागी भइसकेका छन् ।

अभियानकर्मी आफ्ना व्यक्तिगत काम छोडेर असहाय गाईबाच्छा संरक्षण कर्ममा जुटेका छन् । वडा सदस्य अष्टलाल श्रेष्ठ स्थानीय सरकारले गर्नुपर्ने काम अभियानकर्मीबाट भएको बताउँछन् । यस्तो अभियानलाई स्थानीय सरकारले निरन्तर सक्ने सहयोग गर्ने उनको भनाइ छ ।

अभियानले सो स्थलमा पाँच सय गाईबाच्छालाई संरक्षण गर्न सक्ने संरचना निर्माण गरिरहेको छ । घाइते गाईबाच्छालाई उपचारका लागि छुट्टै उपचारस्थलको समेत निर्माण हुँदैछ । असहाय गाईबाच्छाको संरक्षणसँगै कम्पोष्ट मल उत्पादन पनि सुरु गरिँदै छ । यहाँ उत्पादन गरिने कम्पोष्ट मल बजार मूल्यभन्दा आधामै उपलब्ध गराइने अभियानकर्मी पुडासैनीले जानकारी दिए ।

अभियानले कुहिने फोहोरलाई कम्पोष्ट बनाउन प्रयोग गर्ने जनाएको छ । नकुहिने प्लाष्टिक जस्ता फोहोरलाई बोतलमा राखेर इँटा बनाउने अभियान सुरु भएको छ । गाईबाच्छा संरक्षण स्थलमा आउँदा फालिने प्लाष्टिकका झोलाहरु पनि सङ्कलन गरेर बुझाउने सकिनेछ । घरघरमा पनि प्लाष्टिकका झोला जम्मा गरेर अभियानलाई उपलब्ध गराउन अभियानकर्मी पुडासैनीले आह्वान गरेका छन् । स

डकमा फालिएका प्लाष्टिक पनि टिपेर अभियानलाई दिन सकिनेछ । असहाय गाईबाच्छा संरक्षण स्थललाई गौधामका रुपमा विकास गरेर वैदिक सनातन हिन्दू धर्मावलम्बीको दर्शनीय स्थलका रुपमा विकास गरिने लक्ष्यसमेत अभियानले अघि सारेको छ । गाईलाई गौमाताका रुपमा पूजा गर्ने संस्कृति बोकेको समाजमा गाईबाच्छालाई बेसहारा बनाएर मर्न बाध्य बनाइनु पाप भएकाले अभियानकर्मीहरु यस महायज्ञमा जुटेका हुन् ।

गौधाम वरपरको भागमा टिम्बुर, फलफूललगायत जडीबुटी रोपण अभियान पनि सुरु भएको छ । गाईसँगै औषधिजन्य वनस्पति रोपेर जडीबुटीका क्षेत्रमा समेत काम गर्न लागिएको हो । अभियानसँग जनावर उद्धार गर्ने एम्बुलेन्स नहुँदा खरिपाटीमा बूढीगाई घाइते भएको खबर पाएर पनि केही गर्न नसक्दा रातभर सुत्न नसकिएको अभियानकर्मी पुडासैनीको गुनासो छ ।

यसैगरी तीनथानामा पनि तीन बाच्छा घाइते भएको खबर आए पनि एम्बुलेन्सको अभावमा ठाउँ भएर पनि अभियानले केही गर्न सकेको छैन । यसैगरी त्रिभुवन विमानस्थल नजिकै यसअघि असहाय गाईबाच्छा संरक्षण गरिराखिएको स्थलमा पनि मानिसले ल्याएर तीन बाच्छा छोडेकामा कुकुर लगायतले घाइते बनाएका छन् । एम्बुलेन्स अभावले यिनको पनि उद्धार हुन सकेको छैन । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७