‘क्यान’ मा आउने इच्छा देखाएका पारसले भेट प्रधानमन्त्री


३० श्रावण २०७८, शनिबार

काठमाडौं, ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारको तर्फबाट सधैं सहयोग हुने बताएका छन् । शनिबार फेसबुकमार्फत उनीसँगको फोटो साझा गर्दै विगतमा पारसले क्रिकेटमा दिएको योगदानको प्रशंसासँगै धन्यवाद दिएका छन् ।

‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद’, भन्दै उनले लेखेका छन्, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जीन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहने छ ।’

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले साउन १९ गते आफ्नो दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने घोषणा गरेका थिए । १२ वर्ष राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका खड्कालाई नेपालको सबैभन्दा सफल कप्तान मानिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७